मधेश प्रदेशलाई राष्ट्रिय स्तरमा आँप उत्पादनको केन्द्रको रूपमा अघि बढाउने उद्देश्यले बर्दिबासमा एकदिने आँप सम्मेलन आयोजना गरिँदैछ। यस कार्यक्रममा किसान, अनुसन्धानकर्ता, उद्यमी, प्रशोधनकर्ता, बजार प्रतिनिधिहरू, नीति निर्माताहरू, वित्तीय संस्थाहरू तथा अन्य सरोकारवालाहरू एकसाथ जुट्नेछन्।