मिति: ७ अगस्त २०२५
समय: ८:३०-१८:१५ (GMT+5:45)
स्थान: गौतम होटेल, लालगढ, धनुषा, नेपाल
मधेश प्रदेशलाई राष्ट्रिय स्तरमा आँप उत्पादनको केन्द्रको रूपमा अघि बढाउने उद्देश्यले बर्दिबासमा एकदिने आँप सम्मेलन आयोजना गरिँदैछ। यस कार्यक्रममा किसान, अनुसन्धानकर्ता, उद्यमी, प्रशोधनकर्ता, बजार प्रतिनिधिहरू, नीति निर्माताहरू, वित्तीय संस्थाहरू तथा अन्य सरोकारवालाहरू एकसाथ जुट्नेछन्।
मुख्य सन्देशहरू:
- मधेश प्रदेशले २०२१/२२ मा २,५८,५०९ मेट्रिक टन आँप उत्पादन गरेको छ – जुन नेपालको कुल उत्पादनको आधा भन्दा बढी हो।
- यस सम्मेलनको उद्देश्य लक्षित नीतिगत उपायहरू, प्राविधिक सहयोग, तथा वित्तीय संयन्त्रहरू मार्फत् आँपको मूल्य श्रृंखलालाई सुदृढ बनाउन सरकारी प्रतिबद्धता सुनिश्चित गर्नु हो।
- प्रस्तुति, प्रदर्शनी तथा अन्तरक्रियात्मक छलफलहरू मार्फत् जलवायु अनुकूल खेती, मूल्य अभिवृद्धि, उद्यमशीलता, र बजार पहुँचको प्रवर्द्धन गरिनेछ।
- उक्त कार्यक्रमले प्रादेशिक स्वामित्व, साझा प्रयास र दीर्घकालीन रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ, जसको उद्देश्य कार्यान्वयनयोग्य सिफारिसहरू तयार गर्नु तथा संघीय र प्रादेशिक सरकारहरू र इसिमोडबीच समझदारीपत्रहरुमा हस्ताक्षर गर्नु हो।
यस कार्यक्रमले नेपालको आँप उत्पादनमा मधेशको नेतृत्वलाई उजागर गर्ने, जलवायु सहनशील र बजारमुखी समाधानहरू खोज्ने, र हरित, उत्थानशील र समावेशी विकास (GRID) केन्द्रित आँपको मूल्य शृंखलाको विकासलाई समर्थन गर्ने उद्देश्य राखेको छ।
कार्यक्रम तालिका :
- ०९:३० – उद्घाटन समारोह र स्वागत मन्तव्य
- १०:१० – भारतको आँप क्षेत्रको अनुभव सम्बन्धि प्रस्तुति
- ११:०० – ३:१५ – नीति निर्माता, अनुसन्धानकर्ता, निजी क्षेत्रका प्रतिनिधि र उद्यमीहरूको
प्रस्तुति:
- ४:१५ – प्रतिबद्धता तथा समझदारीपत्रमा हस्ताक्षर
- ५:१५ – समापन समारोह र प्रमुख निष्कर्षहरूको सारांश
विशेषज्ञहरू, तस्वीरहरू, अन्तर्वार्ता, र मल्टिमिडिया सामग्रीहरू अनुरोधमा उपलब्ध गराइनेछ ।
HI-GRID परियोजनाबारे :
HI-GRID परियोजना, अष्ट्रेलियाली सरकारको सहयोगमा इसिमोड र साझेदारहरूद्वारा सञ्चालित, मधेशको तल्लो कोसी नदी क्षेत्रमा बढी र कम पानीको समस्याबाट हुने जोखिमहरू घटाउन नीति निर्माण, विपद् जोखिम न्यूनीकरण, प्रकृतिमा आधारित समाधान र समावेशी, हरित मूल्य श्रृंखला प्रवर्द्धनमा केन्द्रित छ।
संयोजक संस्थाहरू:
- कृषि तथा पशुपन्छी विकास मन्त्रालय (MoALD)
- भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश (MoLMAC)
- अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD)
- खाद्य तथा कृषि संगठन (FAO), नेपाल
- सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN)
- R&D इनोभेटिभ सोल्युसन प्रा. लि.
- नेपाल बागवानी समाज (NHS)
कार्यक्रमसम्बन्धि जानकारीका लागि कृपया सम्पर्क गर्नुहोस्:
Vuyasi Rajbhandari, Communications Associate (HI-GRID)
Email: media@icimod.org
For interviews, media inquiries, b-rolls please contact:
Interviews:
Technical expert:
Anu Joshi Shrestha, Rural Enterprise and Value Chain Specialist, ICIMOD
anu.Shrestha@icimod.org
Krishna Dhakal, Research Associate SSA, ICIMOD
Krishna.dhakal@icimod.org
Sirjana Neupane, Senior Horticulture Development Officer, National Centre for Fruit Development
sirjananeupane@gmail.com
Yam Kumari Shrestha, Under-Secretary, Department of Agriculture
yambhos@yahoo.com
Policy expert:
Prakash Kumar Sanjel, Director General, Department of Agriculture
B-rolls and media inquiries:
Vuyasi Rajbhandari, Communications Associate, ICIMOD
vuyasi.rajbhandari@icimod.org
Debabrat Sukla, Senior Communications Officer, ICIMOD
debabrat.sukla@icimod.org
Samuel Thomas, Senior Communications Officer, ICIMOD
Samuel.Thomas@icimod.org